पोखरामा निर्माणाधिन घरको छतबाट खसेर इन्जिनियरको मृत्यु
पाेखरा | माघ १६, २०८०
पोखरा: पोखरामा निर्माणधिन घरको छतबाट खसेर एकजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधिन घरको ५ औं तलाको छतबाट खसेर गम्भिर घाइते भएका इन्जिनियर भट्टराईको उपचारको क्रममा मृत्यु वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको छतमा तातोपानी सर्बे गर्ने क्रममा लिफ्ट राख्ने स्थानबाट खस्दा इन्जिनियर भट्टराई गम्भिर घाइते भएका थिए ।
पोखरा महानगरपालिका–८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर भट्टराई छतबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
इन्जिनियर भट्टराई पोखरा–९ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

